९ जेष्ठ २०८१, बुधबार

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित


लोक सेवा आयोग

६ चैत, काठमाडौं । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले आजदेखि सुरु हुनलागेको एसइई परिक्ष स्थगित गरेसँगै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

आज बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् । यो सँगै निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !