२६ बैशाख २०८१, बुधबार

हाकुमा पक्की पुल शिलान्यास


पक्की पुल

रसुवा, २७ फागुन । भौगालिक विकटता रहेको हाकु क्षेत्रका ग्रामीण बासिन्दालाई यातायातको सुविधा प्रदान गर्न पहिलो पटक त्रिशूूली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुका बासिन्दालाई यातायातको पहुँच पु¥याउन हाकुबँेशीदेखि ठूलोहाकुसम्म पहिलो पटक गत वर्ष ११ किमी मोटरबाटो निर्माण गरिएका कारण लक्षित काम पूरा गर्न गाउँपालिकाको बजेटबाट धुञ्चे, हाकुबँेशीबीच त्रिशूली नदीमा मोटरेवल बेलीब्रिज निर्माण गर्न लागिएको हो ।

सदरमुकामको नजिक रहे पनि पूर्वाधारको कमी रहेको हाकु क्षेत्रमा नेपाली सेनाले स्याफ्रुबँेशी, मैलुङ खण्डको अन्तर्राष्ट्रय राजमार्गको ट्र्याक खोले पश्चात् सहज वातावरण सिर्जना भएकाले स्थानीय बासिन्दाको आवश्यक्ता र चाहना पूरा गर्न स्थानीय सरकार गठन भएपछि मोटरबाटो निर्माणको काम अगाडि बढेको बताइएको छ ।

विकास निर्माणका सामग्री डोको नाम्लोबाट ढुवानी गर्नुपर्ने हाकु क्षेत्रमा मोटरबाटो निर्माणको साथसाथै पक्की पुल निर्माणको शुभारम्भसँगै स्थानीय बासिन्दा हर्षित भएको सेनावाङ्दी तामाङले बताउनुभयो । उक्त पुल निर्माण भए पश्चात् हाकुबेँशी, पाङ्लीङ, सानोहाकु र ठूलोहाकु क्षेत्रका ७०० घरपरिवारलाई तत्काल यातायातको सुविधा पुग्ने र दीर्घकालीन रूपमा नेशिङ तथा ग्रे गाउँका बासिन्दालाई समेत मोटर बाटोले सहयोग पु¥याउने स्थानीय बासिन्दाले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !