२० बैशाख २०८१, बिहिबार

अर्थमन्त्रीसहित १८ सांसद आजदेखि राष्ट्रियसभा सदस्यवाट बिदा हुँदै (नामावलीसहित)


yuvaraj khativada

२० फागुन, काठमाडौं । आजदेखि राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर अर्थमन्त्री युवराज खतिवडासहित १८ जना सांसदहरु बिदा हुँदैछन् । मंगलबारदेखि राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा भएको चुनावमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।

मंगलबारदेखि दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् । कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !