२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ओली ६९ औं जन्मदिन मनाउन जन्मथलोमा, गाउँपालिकाले दियो बिदा


जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिन मनाउन जन्मथलो  पुगेका छन् । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

ओली जन्मथलो जानुभन्दा अगाडी उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।

ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ-बायाँ राखेर केकसमेत काटे र वितरण गरे । ओली जन्मथलो जान लागेपछि गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत भनेको छ । ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ) मा पर्दछ । हाल सो घरमा प्रधानमन्त्री ओलीका भाइ कृष्णप्रसाद बस्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !