४ जेष्ठ २०८१, शुक्रबार

कमिसनको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बास्कोटाले दिए पदवाट राजीनामा


गोकुल बास्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि कांग्रेस, राप्रपादेखि अन्य पार्टीले राजीनामा मागेसँगै सभामुख अग्नि सापकोटाले बास्कोटाले राजीनामा दिएको संसदमा जानकारी दिएका हुन् ।

कांग्रेसले संसद अवरुद्ध गरेसँगै सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए । सभामुख बास्कोटाले, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !