१८ बैशाख २०८१, मंगलबार

अरुण तेस्रो जलविद्युत् : नेपाल र भारतका ६ बैंकले १ खर्ब लगानी गर्दै


अरुण तेस्रो आयोजना

माघ २०, काठमाडौं । लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना (९०० मेगावाट) को वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण लगानी सम्झौता गर्ने तयारी कम्पनीको छ ।

भारत सरकारको लगानीमा निर्माणाधीन यस परियोजनाको प्रवर्द्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले बिहीवार हुने फाइनान्सियल क्लोजरको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ । बिहीवार औपचारिक समारोहबीच सम्बद्ध बैंकहरूसँग ऋण लगानी सम्झौता गर्छाैं,’ उनले बताए । धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका ६ बैंकले रू. १ खर्ब १ अर्ब ६० करोड (भारू ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गर्दै छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !