१२ जेष्ठ २०८१, शनिबार

भरतपुरमा मतगणना स्थगित, कांग्रेस-माओवादीद्वारा मतणनास्थल बाहिर नाराजबाजी


bharatpur_narabaji

चितवन : प्रधानमन्त्री पुत्री रेणु दाहालले मेयरको उम्मेदवारी दिएको र नेपाली कांग्रेससँग भएको तालमेलका कारण देशकै ध्यान तानिएको भरतपुर महानगरपालिकाको मतगणना साँझ ७ बजेपछि रोकिएको छ।
कम्प्युटरमा इन्ट्री गरेको मत संख्या उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्या फरक आएको भन्दै काँग्रेस माओवादी कार्यकर्ताले वडा नं. ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजी गरेका हुन्।
वडा नं. ९ एमालेका यमलाल कँडेल वडा अध्यक्षमा विजयी भएका थिए। काँग्रेस, माओवादीका बुथ प्रतिनिधिसँगको मतसंख्या र कम्प्युटर इन्ट्रीमा भएको मतसंख्या फरक भएको उनीहरुको भनाइ छ।

भरतपुरको जारी मतगणनामा एमालेले वडा नं। २, ४, ५, ७ पछि शुक्रबार साँझ ९ पनि जितेको बताइएको थियो। काँग्रेसले १, ३,६ र ८ मा विजयी हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता लिएकी थिइन्। त्यही वडा ९ नं। वडाको मतपरिणामले उनलाई एमाले उम्मेदवारले उछिनेका थिए।

वडा नम्बर ९ सम्मको मत गणना सकिदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मत सहित अगाडि छिन्। दिब्या आचार्य १२ हजार ४६३ मत पाएकी छिन्।
भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !