१४ बैशाख २०८१, शुक्रबार

चिनियाँमाथि कारबाही गर्न अन्योल


पुस ९, काठमाडौं । काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरीमा अन्योल छ । कान्तिपुरमा प्रकाशित समाचारका अनुसार कसुर नखुलाई नियन्त्रणमा लिएका उनीहरुविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको हिरासत म्याद लिइएको छ ।

‘पक्राउ त गरियो तर कुन कसुरमा अनुसन्धान गर्ने भन्नेमै हामी अलमलमा छौं’ स्रोत उल्लेख गर्दै समाचार लेखिएको छ, ‘उनीहरु अहिलेसम्म कुन अपराधमा संलग्न छन् भन्ने खुलीसकेको छैन । भाषा समस्याका कारण पनि अनुसन्धानमा जटिलता भएर तत्कालका लागि अभद्र व्यावहारमा म्याद थप गरिएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !