१९ बैशाख २०८१, बुधबार

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन


halesi-cave

१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ ।

विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् ।

यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !