२६ बैशाख २०८१, बुधबार

कृष्णबहादुर महरालाई थुनामा राख्न अदालतको आदेश


१८ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार बेलुका थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । महरालाई डिल्लीबजार कारागार लगिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !