२५ बैशाख २०८१, मंगलबार

५ दिन विद्युत् अवरुद्ध हुने


विद्युत् अवरुद्ध फाइल फोटो

७ कात्तिक, बेत्रावती । मङ्गलबारदेखि शुरु गर्न लागिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा पाँच दिन दिनभर विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार त्रिशूली–काठमाडौँ प्रसारण लाइनको विद्युतीय तार विस्तारका लागि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

वितरण शाखाले जारी गरेको सूचनाअनुसार देवीघाट जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको फिडर नं ३ अन्तर्गत पर्ने विदुर नगरपालिका वडा नं २ शेरादेखि चतुराले, मदानपुर, ककनी हुँदै ओखर पौवासम्मका एक हजार भन्दा बढी ग्राहकले उपभोग गर्ने विद्युत् सेवा पाँच दिन दैनिक नौ घण्टा बन्द हुनेछ । (रासस)

यो पनि पढ्नुहोस्  

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको तार विस्तार शुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !