१९ बैशाख २०८१, बुधबार

उपियाँ उडुसरहित कारागार


Nepalpatra

१३ जेठ, इटहरी ।  सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ ।

विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको थियो । कारागार अहिले उपियाँ, उडुस र लामखुट्टेरहित कारागारको उपमाको परिचय बनाउन सफल भएको छ ।

भरखरै कारागारमा आएका एक बन्दीले भने, “होइन कारागार यस्तो पनि हुन्छ ?” झण्डै एक हजार ६०० कैदीबन्दी अटाउने कारागारभित्र पसेर अवलोकन गर्दा जो कोहीले पनि यो विश्वविद्यालय हो कि भन्ठान्छ । यहाँ हाल एक हजार ४७८ कैदीबन्दी छन् । यहाँ लामो समयदेखि बस्दै आएका कैदीबन्दीमध्ये करीब ६०० मुडा बुनाइको उद्योगमा सक्रिय रहेको कारागार प्रमुख गणेश अधिकारी बताउनुहुन्छ ।

कारागार जीवन व्यतीत गरिरहेकामध्ये कोही नृत्यकलामा व्यस्त छन् । तत्कालीन कारागारका चौकीदार तारा नेपालले स्थापना गरेको कर्मवाद ब्याण्डले वाद्यवादन सिकाइरहेको छ । देशभरका चर्चि गायक र नर्तकले समेत यहाँ आएर बेला बेलामा सङ्गीत प्रस्तुत गरेका छन् । कारागार प्रमुख अधिकारीले कारागारलाई सुधारगृहमा रुपान्तरण गर्न धेरै सकारात्मक सुधारका काम गर्दै आउनुभएको छ ।

कैदीबन्दीमध्ये ५३ कैदी र २८ बन्दी विदेशी रहेको बताइएको छ कैदीबन्दीमध्ये हाल झुम्का कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यानसम्बन्धी मुद्दाका २६१ कैदी र ९२ बन्दी छन् भने २८० जना जबरर्जस्ती करणीका कैदी र ४४ जना बन्दी तथा लागुऔषध कारोवार एवं ओसारपसारका १५२ कैदी र १३० बन्दी छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !