२१ बैशाख २०८१, शुक्रबार

मच्छिन्द्रनाथको जात्रा सुरु


Rato-Machhandranath-Rath-1

७ वैशाख, काठमाण्डौ । मच्छिन्द्रनाथको जात्रा विहीबारवाट सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको हो ।

रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन् ।

करिब १ हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !