१४ बैशाख २०८१, शुक्रबार

महालक्ष्मी बैंकको स्मार्ट बैंकिङ सोलुसन सुरु


Mahalaxmi

२ वैशाख, काठमाण्डौ । महालक्ष्मी विकास बैंकले बिहीबार एक समारोहका बीच आफ्नो नयाँ प्रडक्ट एमएलबिबिएल स्मार्ट बैकिंग सोलुसन लञ्च गरेको छ ।

नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले महालक्ष्मीको स्मार्ट बैकिङ सोलुसनको विधिवत उद्घाटन गरेका हुन् ।

एमएलबिबिएल स्मार्ट बैंकिङ सोलुसनको माध्यमबाट नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुल भुक्तानी, ई–सेवामा रकमान्तरजस्ता सुविधाहरुको उपयोग गर्न सकिने बताइएको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले निकट भविष्यमै बैंकले भाइबर बैकिङ सेवा र अन्य स्मार्ट डिजिटल कारोबार सम्बन्धी सेवा समेत उपलब्ध गराउँदै जाने उद्घोष गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !