४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्रीको सम्बोधन सुनिरहेकै बेला ढलेर वडाध्यक्षको निधन


२ वैशाख, मुगु ।  ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला अचानक कार्यक्रमस्थलमै ढल्नुभएको थियो । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला ढल्नुनुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको निधन भएको थियो ।

६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय चुनावमा उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !