११ जेष्ठ २०८१, शुक्रबार

क्रसर उद्योगमा आगलागी


आगलागी

१ बैशाख, काभ्रेपलाञ्चोक । एक क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित रोशीखोला छेउमा रहेको क्रसर उद्योग कुन्साङ लामाले सञ्चालन गर्दै आएको ब्लु साइन रोडा ढुंगा क्रसर उद्योगमा शुक्रवार राती मटितेल खन्याएर आगजनी गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी महेन्द्र प्रसाद मरासिनीले बताए ।

आगजनीवाट दूई वटा स्काभेटर र चार वटा टिपर पूर्ण रुपमा क्षति भएको र अन्य दूई वटा टिपरको सिसा फुटेको मरासिनीले बताए । प्रहरीका अनुसार आगजनीवाट करिब तीन करोड बराबरको क्षति भएको जनाएको छ ।

‘त्यहाँका क्रसर उद्योग नजिक दुई वटा प्रेसर कुकर बम समेत फेला पर्नुका साथै भित्तामा शिव सेना नेपाल लेखिएको पाईएको छ ।’ मरासिनीले भन्नुभयो ।

घटनाको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रेसर कुकर बमलाई आज विहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिया पारेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !