४ जेष्ठ २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री भट्टराई शुक्रबार भारत जाँदै


Baburam Bhattarai

३० चैत, काठमाण्डौ ।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ भारतको बैंगलोर जाने हुनुभएको हो ।

संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनुहुनेछ । उहाँ भारतमा एक साता बस्नुहुनेछ । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।

भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्नुहुनेछ । साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन गर्नुहुनेछ ।

उहाँले विशेषतः दक्षिण भारतको विकाससम्बन्धी अध्ययनकासाथै महत्वपूर्ण पर्यटकीय स्थानकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भट्टराईसँगै नयाँ शक्ति पार्टीका विदेश विभाग इन्चार्ज हिसिला यमी र  ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानुहुनेछ ।

संयोजक भट्टराई बैशाख ८ गते साँझ काठमाडौं आइपुग्नुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !