४ जेष्ठ २०८१, शुक्रबार

बलरा नगरपालिकामा स्थानीयले गरे तालाबन्दी


२२ चैत, सर्लाही । मेयर अभयकुमार सिंहले विकास निर्माणको काममा आफू खुसी गर्न लागेको भन्दै निर्वाचित वडा अध्यक्ष र स्थानीय बासिन्दाले सर्लाहीको बलरा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तीन दिनदेखि कार्यालयको मुल गेटमा तालाबन्दी गर्नुकासाथै रिले अनसन बसेपछि कार्यलयको सबै सेवा प्रभावित भएको छ ।

नगरपालिकाका मेयर सिंहले बलरादेखि हथिवलसम्मको नौ किलोमिटर पक्कि सडक निर्माण गर्न आफ्नै भार्इ पङ्कचकुमार सिंहलार्इ ८० लाख रुपैयाँको उपभोक्ता समितिको अध्यक्ष बनाएर एकलौटी काम गर्न खोजेको भन्दै वडा अध्यक्ष र स्थानीय बिरोधमा उत्रिएका हुन् ।

नगरपालिकाबाट हुने विकास निर्माणको काममा मेयरले आफ्नै नातागोता र भाइलार्इ उपभोक्ता समितिको अध्यक्ष बनाएर आर्थिक अनियमितता गर्न खोजेको संघर्ष समितिका सदस्य कौशलकिशोर सिंहले आरोप लगाउनुभयो ।

नगरपालिकाले ८० लाख रुपैयाँको काम गर्दासमेत मेयरले वडा सदस्य तथा अध्यक्षलार्इ थाहा नदिएको उनीहरुको गुनासो छ । मेयर सिंहले भने सडक निर्माणको काम  सकिनु भन्दा पहिले नै अनियमितता भयो भन्नु वडा अध्यक्षहरुले आफूलाई बदनाम गर्न खोजेको आरोप  लगाउनुभयो । उहाँले जनताको चाहना अनुसार आफूले विकास निर्माणको काम गरेको दावी गर्नुभयो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !