४ जेष्ठ २०८१, शुक्रबार

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन


Yashoda

२० चैत, काठमाण्डौ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुबेदीको ६७ बर्षको उमेरमा गए राती निधन भएको छ ।

लामो समय देखि क्यान्सरवाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरवाट पीडित थिइन् ।

निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।

२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । उनीहरुका यमन र सरना गरि दुई सन्तान छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !