२२ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशमा पनि फेसबुक प्रतिबन्ध


facebook

११ चैत, कर्णाली । कर्णाली प्रदेश सरकारले आफू मातहतका मन्त्रालय तथा कार्यालयहरुमा फेसबुक चलाउनमा रोक लगाउने तयारी गरेको छ ।

फेसबुकको कारण जनताको काममा प्रभावित भएको र समयको दुरुपयोग बढेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकार मातहतमा रहेका मन्त्रालय र कार्यालयहरुमा  फेसबुक चलाउन रोक लगाउने गराउने तयारीमा जुट्नुभएको हो ।

कर्मचारीहरु जनताको कामभन्दा पनि बढी समय फेसबुकमा बिताउने भएकाले प्रदेश सरकारले मन्त्रालयहरु र कार्यालयहरुमा फेसबुक चलाउन रोक लगाउने गृहकार्यलाई अघि बढाएको छ ।  आइतबार प्रदेश सरकारले यसका लागि वीरेन्द्रनगरस्थित इन्टरनेटका निजी कम्पनिहरुसँग छलफल गरेको छ ।

मुख्यमन्त्री शाहीले इन्टरनेटका निजी कम्पनीहरुसँग छलफल गरी प्रदेश सरकारका मातहतमा रहेका मन्त्रालय र कार्यालयहरुमा कार्यालय समय अवधिभरसम्म कसरी फेसबुकमा रोक लगाउन सकिन्छ  भन्ने विषयमा छलफल गर्नुभएको हो । उहाँले अब छिटै सबैसँग छलफल गरेर फेसबुक चलाउन रोक लगाउने बताउनुभयो ।

‘सबै आफ्नो कामभन्दा पनि फेसबुकमा अनाश्यक कुराहरुमा समय बिताउन लागे’ उहाँले भन्नुभयो, ‘जनताको कामहरु प्रभावित नहुनका लागि हामीले प्रदेशका सरकार मातहत रहेका कार्यालहरुमा कार्यालय समय भित्र फेसबुक चलाउन रोक लगाउन लागेका हौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !