२३ बैशाख २०८१, आइतबार

चार कम्पनीको ७३ लाख ७७ हजार कित्ता सेयर सूचीकृत


Just listed

८ चैत, काठमाण्डौ ।  नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा  बुधबार चार कम्पनीको बोनस र हकप्रद गरि ७३ लाख ७७ हजार ३४२ दशमलव ३३ कित्ता सेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक, वोमी माईक्रोफाइनान्सले बोनस तथा कम्युनिटी डेभलपमेण्ट बैंकले हकप्रद सूचीकरण गराएका हुन् ।

मुक्तिनाथ विकास बैंकले ४३ लाख १९ हजार ६०५ कित्ता बोनस सूचीकरण गराएको छ । बैंकको पुस १९ गते सम्पन्न ११ औं बार्षिक साधारण सभाले २० प्रतिशत बोनस पारित गरेको थियो ।

रिडी हाइड्रोपावर कम्पनीले दुई लाख ८४ हजार ५९८ कित्ता बोनस सूचीकरण गराएको छ । कम्पनीको कात्तिक १० गते सम्पन्न १६ औं साधारण सभाले ६ प्रतिशत बोनस पारित भएको थियो ।

वोमी माईक्रोफाइनान्सले एक लाख २९ हजार ६०० कित्ता बोनस सूचीकरण गराएको छ । माईक्रोफाइनान्सको मंसिर ३० गते सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २० प्रतिशत बोनस पारित गरेको थियो ।

त्यसैगरि नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकले चुक्ता पूँजीको १२० प्रतिशत हकप्रद बराबरको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयर बुधबारै नेप्सेमा सूचीकृत गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !