१५ बैशाख २०८१, शनिबार

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी


टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनुभएको छ । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ निर्वाचित हुनुभएको हो । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गर्नुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित हुनुभएको छ । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !