२५ बैशाख २०८१, मंगलबार

आँबुखैरेनीमा बहुउद्देश्यीय भवनको शिलान्यास


गाउँपालिका

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको आज शिलान्यास गरिएको छ । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो ।

भवनको कूल लागत रु १३ करोड ७४ लाख एक हजार ७८१ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । गाउँपालिकाको नाममा रहेको ४९३.५८ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । भवन पाँच तलाको बनाउने लक्ष्य रहे पनि पहिलो चरणमा तीन तलाको निर्माण गरिने बताइएको छ ।

पहिलो चरणामा रु दुई करोड ३९ लाख ८८ हजार ७७८ विनियोजन गरिएको छ । उक्त भवनको जिम्मा श्री ज्ञान ज्योति विल्डर्स प्राली काभ्रेले पाएको छ । विसं २०७९ कात्तिक १५ गतेभित्रमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो ।

प्रशासकीय भवन निर्माण सम्पन्न हँुदै

त्यसैगरी आव ०७५÷०७६ मा गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य शुरु गरेको थियो । उक्त भवनको पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवा आँबुखैरेनीले पाएको थियो । उक्त निर्माण कम्पनीलाई गाउँपालिकाले रु एक करोड १७ लाख ६७ हजार ३५४ भुक्तानी गरेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी दोस्रो चरणमा आव ०७७÷०७८ मा सिजल कन्सक्ट्रसन जेभीले कामको जिम्मा पाएको थियो । सम्झौता २०७६ माघ २१ गते सम्झौता गरी २०७८ साउन २१ गते निर्माण सम्पन्न हँुदैछ । उक्त निर्माण कम्पनीले रु एक करोड ९१ लाख १० हजार ११२ मा सम्झौता गरेको थियो । उक्त भवन ३२३.२२ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको हो ।

शैक्षिक तथा व्यावसायिक भवनको शिलान्यास

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शैक्षिक तथा व्यावसायिक प्रयोजनाका लागि भवन निर्माण शुरु गरिएको छ । उक्त भवनको नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको थियो ।

नगरपालिकाले उक्त भवन निर्माण योजनाका लागि आव ०८८÷०७८ मा रु २५ लाख र ०७८÷०७९ मा रु ३० लाख गरी कूल रु ५५ लाख रकम विनियोजन गरेपछि भवन निर्माणको कार्य अघि बढाइएको हो ।

दमौली–बेलबास सडक खण्डसँगै जोडिएको क्याम्पसको लालपुर्जा भएको जग्गामा वारपार खण्डमा चरणबद्धरुपमा चारतले भवन निर्माण गर्न लागिएको हो । उक्त चारतलेमध्ये भुई तलाका दुई तलामा व्यापारिक प्रयोजन र अन्य शैक्षिक प्रयोजनका लागि क्याम्पसले प्रयोगमा ल्याउने गरी डिजाइन गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !