६ जेष्ठ २०८१, आइतबार

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने


३० फागुन, काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने भएको छ । निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो ।

चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

चैत ९ गते शुक्रबार विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !