२४ बैशाख २०८१, सोमबार

नेपाल दलित उद्योग बाणिज्य संघ गठन


Nepal Dalit Chamber of Commerce

२७ फागुन, काठमाण्डौ ।  दलित समुदायको आर्थिक र सामाजिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित उद्योग बाणिज्य संघको स्थापना भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा नवगठिन संघले शनिबार पत्रकार सम्मेलन गरेर दलित समुदायको आर्थिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित उद्योग बाणिज्य संघको स्थापना गरिएको जानकारी दिएको छ ।

पूर्ण नेपालीको अध्यक्षतामा १८ सदस्यीय समिति गठन गरिएको हो । त्यस्तै उपाध्यक्षमा रमेश रसाईली, महासचिव अर्जुन गहतराज, कोषाध्यक्ष बुद्धिलाल पासवान रहेका छन् ।

राजनीति बिचार भन्दा बाहिर रहेर दलित वर्गलाई पुरानो पेशा व्यवसायबाट सम्पन्न बनाउन नसकेको भन्दै संघले नयाँ रणनीतिका साथ काम गर्ने बताएको छ ।

विभिन्न कठिनाईको बीचबाट संघको स्थापना गरिएको बताउँदै नवनिर्वाचित अध्यक्ष नेपालीले भने,‘हामी कुनै बिचारको डोरीमा बाँधिदैनौं, दलित समुदायका उद्योगी व्यवसायीहरुको हकहितको काम गर्ने, दलित समुदायको आर्थिक क्षमता विस्तार गर्ने, संगठित रुपमा अघि बढ्ने र मुलुकको आर्थिक अभियानमा साथ दिने हाम्रो मुख्य लक्ष्य हो ।’

संघको सदस्यमा धना कुमारी ओड, अमृत विश्वकर्मा, मिसन रसाईली, लक्ष्मण घतानी,रमेश परियार, टिकाराम विश्वकर्मा, कुमारी परियार, देविन गहतराज, राजकुमार सुनार, पत्र बहादुर दमाई, लक्ष्मी खापहेली, कृष्णबहादुर नेपाली, चक्र सुनार प्रेमसिंह नजाला रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !