२३ बैशाख २०८१, आइतबार

कोरियाले माग्यो ७ हजारभन्दा बढी नेपाली कामदार


Korean-Bhasa

१५ फागुन, काठमाण्डौ । इपीएसमार्फत आगामी वर्ष दक्षिण कोरियाले नेपालवाट ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ ।

कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९ का लागि ७ हजार भन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।

आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइनेछ । जेठको अन्तिम साता कोरियन भाष्षको परीक्षा हुने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए ।

अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !