२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ओलीले गरे उपत्यका भ्युटावरको शिलान्यास


oli

९ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चन्द्रागिरि नगरपालिका- १ दहचोक इन्द्रदहस्थित काठमाण्डौ उपत्यका भ्युटावरको शिलान्यास गरेका छन् ।

शिलान्यासका अवसरमा प्रम ओलीले इन्द्रदह परिसरमा अवस्थित काजी कालु पाण्डेको समाधिमा पुष्प अर्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए । कार्यक्रममा कालु पाण्डे समाधि परिसरमा नेपालको झण्डा झण्डोत्तोलन गरेका थिए ।

०७३ फागुन ९ गते इन्द्रदह पर्यटकीयस्थलको अवलोकन गर्दा एमाले अध्यक्ष तथा प्रम ओलीले हरेक वर्ष यसस्थलको अवलोकन गर्ने प्रतिबद्धता जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !