२१ बैशाख २०८१, शुक्रबार

३० मेघावाटको चमेलिया जलविद्युत आयोजना उद्घाटन गर्दै, प्रधानमन्त्री देउवा


प्रधानमत्री देउवा

२७ माघ, दार्चुला । सरकारी लगानीवाट निर्माण भएको ७ नम्बर प्रदेशको सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाको शनिवार प्रधानमन्त्री देउवाले एक समारोहकावीच उद्घाटन गरेका छन् । योसंगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले आजवाट व्यवसायिक उत्पादन सुरू गरेको छ । औपचारीक रूपमा उद्घाटन भएसँगै आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाएको छ ।

८ अर्ब ३४ करोड रुपैयामा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सम्पन्न हुदासम्म करिब १६ अर्ब लागेको अनुमान गरिएको आयोजना प्रमुख अजय दहाले बताए । आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !