५ जेष्ठ २०८१, शनिबार

युथ भिजन अर्गनाइजेशनद्वारा बृक्षारोपण कार्यक्रम समपन्न


yug vision organisation

१४ माघ, नवलपुर । युथ भिजन अर्गनाइजेशन, त्रिवेणीले हिजो बृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । विनयी -त्रिवेणी गाऊपालिका वडा न ७ स्थितका सडक किनारमा धार्मिक महत्व बोकेका बिभिन्न प्रजातिको २०० थान विरुवा रोपेर कार्यक्रम गरेको हो ।

रोपिएका विरुवाहरुको संरक्षणको लागि सिमेन्ट बालुवा डोरी र बाँसको सहायताले बार समेत बनाइएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्र त्रिवेणीको सुन्दरता बढाउनु का साथै स्वच्छ बातावरणका लागि ‘एक सद्स्य् एक बिरुवा’ अभियान चलाई सडक किनारमा धूपी ,बर् ,पिपल ,अशोक लगायतका विरुवाहरु रोपिएको युथ भिजन त्रिवेणीका उपादक्ष्य अर्जुन अर्यालले जानकारी दिए ।

प्रमुख अतिथी वडाअध्यक्ष श्री गोपाल बहादुर क्षेत्रिले धूपीको बिरुवा रोपी सुभारम्भ् गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिले बृक्षारोपण आफ्नो दैनिकीमा पनि काम लाग्ने बताउदै सबैलाई मिलेर यस्ता कार्यक्रमहरु आयोजना गर्न आग्रह समेत् गर्दै यो कार्यक्रमको लागि वडा कार्यालयवाट आफुले रू एक लाख पचास् हजारको बजेट छुट्टाएको समेत् जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !