२२ बैशाख २०८१, शनिबार

नेपाल–फ्रान्स परामर्श संयन्त्रको बैठक


नेपाल–फ्रान्स परामर्श संयन्त्रको बैठक

काठमाडौँ । नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रुपमा आज सम्पन्न भएको छ । संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो ।

बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवद्र्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड–१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !