६ जेष्ठ २०८१, आइतबार

डडेल्धुराका गाउँपालिका टहरावाटै सञ्चालित


DADELDHURA

१२ माघ, डडेल्धुरा । स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् । कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित पदाधिकारीको भनाइ रहेको छ ।

आफ्नै कार्यालय पनि सहकारीको भवनमा राखेको भागेश्वर गाउँपालिकाका प्रमुख कौशिला भट्ट भन्छन्, ‘विषयत कार्यालय र अन्य सरोकारवाला संस्थाका लागि टहरा निर्माणको कार्य अन्तिम चरणमा पुगेको र चाँडै टहरामा नै सबै कार्यालय राख्ने तयारी भइरहेको छ ।’

एउटै कक्षवाट दुई वा दुईभन्दा बढी कार्यालय राखी सेवा दिँदा प्रभावकारी नहुने सेवाग्राही पनि दुविधामा पर्ने कर्मचारीको भनाइ रहेको छ । कतिपय गाउँपालिकामा कृषि, भेटनरी र अन्य प्रशासनिक काम पनि एकै टेबुलवाट गर्नुपर्ने बाध्यता रहेको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !