२३ बैशाख २०८१, आइतबार

२१६ मेगावाको माथिल्लो त्रिशूली-१को पीपीए डलरमा, जोखिम हटाउन ‘हेजिङ फन्ड’


kulmanghising

११ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने निर्णय भएको हो ।

आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै प्राधिकरणका निर्देशक कुलमान घिसिङले निर्णयबारे जानकारी दिए । आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ । ऊर्जा मन्त्रालय र कम्पनीवीच ०७३ को पुस १४ गते आयोजना विकास सम्झौता -पीडीए) भएको थियो ।

०७२ को माघमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणापत्र-२०७२मार्फत विदेशी परिवत्र्य मुद्रामा गरिने आयोजनाका लागि गरेको व्यवस्था, सोही अनुसार ऊर्जा मन्त्रालयको सिफारिसका आधारमा प्राधिकरणले कार्यान्वयनमा ल्याएको निर्देशिकामा भएको व्यवस्था अनुसार नै माथिल्लो त्रिशूली-१सँग पीपीए गर्न लागिएको घिसिङले बताए । कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत रु २१ करोड ६० लाख बुझाएपछि पीपीएमा हस्ताक्षर हुने जानकारी उनले दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !