२३ बैशाख २०८१, आइतबार

सलमान खानको ‘बिइङ ह्यूमन’ ब्राण्डका नेपाल विक्रेता राजु थापा पक्राउ


raju thapa

११ माघ, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता राजु थापा पक्राउ परेका छन् । उनलाई बुधबार दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीले अनलाइनखबरलाई बताए ।

दरबारमार्गमा बिइङ ह्यूमेन क्लोथिङ स्टोर सञ्चालन गर्दै आएका थापा चेक बाउन्सको जाहेरीपछि पक्राउ परेका हुन् । उनले १५ लाख रुपैयाँको बाउन्स चेक दिएको उजुरी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !