२३ बैशाख २०८१, आइतबार

प्रहरी नेतृत्ववाट ज्यान लिने प्रयास भएको नवराज सिलवालको आरोप


Nabaraj-silwal-Dig

११ माघ, काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डीआइजी तथा प्रतिनिधि सभामा निर्वाचित सांसद नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्ववाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।

आइजीपी नियुक्ति प्रकरणमा सिलवालले अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्ववाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् । उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुवाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।

सिलवालले विज्ञप्तिमा भनेका छन्– जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निश्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।

सिलवालले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।
PRESS BIGEPTI


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !