९ जेष्ठ २०८१, बुधबार

चुलाचुली गाउँपालिकामा जंगली हात्ती आतंक


jangali hati

४ माघ, इलाम । जिल्लाको चुलाचुली गाउँपालिकामा जंगली हात्तीको समूहले १० वटा घरमा क्षति पुर्या एको छ । झापाको बेलडाँगी नजिकैको बनवाट आएका सातवटा जंगली हात्तीको समूहले घर भत्काउनुका साथै तीन विगाहामा लगाएको बाली पूर्ण रूपमा क्षति गरेको चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए ।

चुलाचुलीका ४ र ५ नम्बर वडाका पाँच परिवार विस्थापित भएका छन् भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा छन् । हात्तीले चुलाचुली– ५ का ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बाँस्कोटा, वडा नं.– ४ का पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको खतिवडाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !