२२ बैशाख २०८१, शनिबार

विज्ञ समितिको निश्कर्षः रानीपोखरी जंगबहादुरको हैन


ranipokhari

३ माघ, काठमाण्डौ । रानीपोखरी पुननिर्माणका बारे उठेका विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो ।

पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा पनि केही परिवर्तन भएकाले त्यसको समेत अध्ययन गरी त्यसअघिकै शैलीमा पुननिर्माण गर्न समितिले सुझाव दिएको छ ।

पुरानै शैलीमा मन्दिर निर्माण गर्नका लागि हाल राखिएका कंकि्रटहरु हटाउन सिफारिस गरिएको विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले जानकारी दिए । साथै रानी पोखरीमै कंक्रिटको प्रयोग गरेर निर्माण गरिएका भौतिक संरचनाहरु पनि हटाउने सिफारिस गरिएको संयोजक कार्कीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !