२१ बैशाख २०८१, शुक्रबार

माघे सक्रान्तिको अवसरमा तारूकामा गाेरू जुधार्इ


maghesakranti goru judaii

१ माघ, काठमाडौं । माघे संक्रान्तिका धेरै विशेषताहरुमध्ये गोरु जुधाउने पनि मुख्य हो । सोमबार देशका विभिन्न ठाउँमा गोरु जुधाएर पनि रमाइलो गर्ने प्रचलन छ ।
देशका धेरै ठाउँमा गोरु जुधाए पनि नुवाकोट जिल्लाको नाम अग्रपंक्तिमा आउँछ । सोमबार नुवाकोटको तीन ठाउँमा गरी ४० हल गोरु जुधाइएको छ ।

तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराइएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका-३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !