२२ बैशाख २०८१, शनिबार

बाक्लो हुस्सुका कारण तराईका उडान प्रभावित


cold place

३० पुस, काठमाण्डौ । पूर्वी तराईमा बाक्लो हुस्सु लागेकाले सोमबार बिहानदेखि त्यसतर्फ कुनै उडान हुन सकेको छैन । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानदेखि सिमरा, जनकपुर, विराटनगर, भैरहवातर्फको उडान हुन सकेको छैन । तर पहाडी भेगमा भने उडान प्रभावित भएको छैन ।

साथै सुदुरपश्चीमाञ्चलस्थित धनगढी बिमानस्थलमा भने उडान भइरहेको छ । पोखरा लुक्ला जस्ता क्षेत्रको उडान प्रभावित नभएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !