२४ बैशाख २०८१, सोमबार

सर्वोच्चले झिकायो पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र


gopal-parajuli k/fh’nL k|wfgGofofwLz kbdf lgo’lQmsf nflu l;kmfl/; k|wfgdGqL sfof{no l;+xb/af/df a;]sf] ;+j}wflgs kl/ifbsf] a}7sn] sfodd’sfod k|wfgGofofwLz uf]kfn k/fh’nLnfO{ k|wfgGofofwLz kbdf laxLaf/ lgo’lQmsf nflu l;kmfl/; u/]sf] 5 . kmfOn tl:a/ M /f]zg ;fksf]6f, /f;;

२६ पुस, काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको छ । अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भए/नभएको शंका भएको बताएका थिए । डा. केसीले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे । प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिसिल पनि झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रधानन्यायाधीश बन्नुअघि नै पराजुली नागरिकतामा उमेर सच्याएको विवादमा परेका थिए । उनको पहिलो नागरिकता र ३४ वर्षपछि लिएको प्रतिलिपिमा जन्ममिति फरक परेको विवाद यसअघि नै बाहिर आएको थियो । प्रधानन्ययाधीश पराजुलीले ०४८ सालमा न्याय सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकतामा जन्म मिति २१ साउन २००९ छ । तर, २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालयवाट निकालेको नागरिकताको प्रतिलिपिमा भने जन्म मिति १६ वैशाख २०१० उल्लेख छ । तर, सर्वोच्चले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश सुरेन्द्रविक्रम बस्नेतको उमेरमा कार्कीको निर्णय उल्टायो । र, त्यही नजिरमा टेकेर न्यायपरिषदले पराजुलीको पनि पुरानै जन्ममितिलाई सदर गर्‍यो, जसले गर्दा पराजुलीलाई ११ महिना प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो । अन्यथा उनको कार्यकाल ५८ दिनको मात्रै हुने थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !