९ जेष्ठ २०८१, बुधबार

नेपाली कांग्रेस आन्तरिक छलफलमा एकजुट


१८ पुस, काठमाण्डौ ।  नेपाली कांग्रेसका नेताहरू समसामयीक राजनीतिक परिस्थितिबारे आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाइएको छ ।

बैठकमा खासगरी वाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल केन्द्रित हुने बताइएको छ । एमाले–माओवादीको वाम गठबन्धन तोडाएर नेपाली कांग्रेस माओवादी केन्द्रलाई आफूतिर तान्ने रणनीतिमा रहेको नेताहरू आरोप लगाउँछन् । त्यसैले कांग्रेसका नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सार्वजनिक अभिव्यक्तिसमेत दिँदै आएको वाम गठबन्धनका नेताहरूको भनाइ छ ।

त्यसैले माओवादी केन्द्रले पनि आजै हेडक्वार्टर बैठक बोलाएको छ । एमालेसँग पार्टी एकता गर्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने माओवादी नेताहरुले बताउँदै आएका छन् । ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्ने माओवादी नेताहरुको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु