४ जेष्ठ २०८१, शुक्रबार

लकडाउनको स्वरुपमा परिवर्तन भएको डिआइजी पोखरेलको खुलासा


विश्वराज पोखरेल

काठमाडौं, १९ जेठ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले अहिले पहिलाको जस्तो पूर्ण रुपमा सवारीलाई निषेध नगरेको बताएका छन् । एक मिडियासँग अन्तर्वार्ता दिदै डिआइजी पोखरेलले समय र परिस्थिति अनुसार केही सहज भएको बताएका छन् ।

डिआइजी पोखरेलले भनेका छन्, “त्यसैले विभिन्न खाद्यन्नसँग जोडिएका, निर्माणसँग जोडिएका, विद्युत र सञ्चारसँग जोडिएको सवारी साधनहरु अवस्था हेरेर सञ्चालन भइरहेका छन् । त्यसले सरकारले लकडाउनलाई खुकुलो गरेको अवस्था होइन । केही अवस्था हेरेर सहज गरेको हो । यो महिनाभरिलाई त सरकारले लकडाउनको घोषणा गरिरहेको छ । यिनै प्रयोजनका लागि निस्किएका सवारी साधनहरु हुन् । अन्य हिसावले हेर्दा मात्रै लकडाउन खुकुलो भएको जस्तो देखिन्छ तर त्यो होइन ।”

डिआइजी पोखरेलले लकडाउन खुकुलोभन्दा पनि पहिलो महिनाको भन्दा स्वरुपमा परिवर्तन भएको समेत बताए । डिआइजी पोखरेलले भनेका छन्, “अहिले जे–जति गाडीहरु निस्किएका छन् ती सबै लकडाउनका परिधिभित्रैबाट निस्किएका हुन् । अहिलेको छुट भनेको वित्तीय क्षेत्र, सञ्चार, उद्योग, विकास निर्माणका कामहरु जुन सरकारले छुट दिएको छ । त्यो क्षेत्रमा काम गर्नको लागि छुट दिइएको छ । त्यसअन्तर्गतका सवारी साधनहरु हुन् । त्यही अनुसार निस्किएका मानिसहरु हुन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !