२५ बैशाख २०८१, मंगलबार

स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गदैै


झिमरुक, १२ जेठ । प्युठान जिल्लाका विभिन्न स्थानीय तहले बन्दाबन्दीका कारण अलपत्र व्यक्तिको उद्धार गरेका छन् । भारतका विभिन्न ठाउँबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई उद्धार गरेर जिल्ला फर्काउने काम हँुदै आएको स्थानीय तहले जनाएका छन । प्युठानका नौ स्थानीय तहले प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अलपत्र हालसम्म करीब दुई सय नागरिकलाई जिल्लामा ल्याएको सरुमारानी गाउँपालिका वडा नं २ का वडाध्यक्ष तथा दाङ र प्युठानको सिमानामा निर्माण गरिएको अस्थायी क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य वसन्त जिसीले बताउनुभयो ।

त्यसमध्ये गाउँपालिकामध्ये ऐरावतीका ४९२, मल्लरानीका ३०६, सरुमारानीका २४६ , माण्डवीका ३३०, नौबहिनीका २०, गौमुखीका ५८ र झिमरुकका २४७ तथा नगरपालिका स्वर्गद्वारीका १९५ र प्युठानका ४६३ जना गरी यही जेठ १ गतेदेखि हालसम्म दुई हजार ५६६ व्यक्ति जिल्लाका नौै स्थानीय तहमा आएका छन् । आज मात्रै जिल्लाका विभिन्न स्थानीय तहमार्फत तीन बस पठाइएको उहाँको भनाइ छ ।

सीमाबाट जिल्ला भित्रिएकालाई प्युठान र दाङको सिमाना सरुमारानी २ ददेरीमा व्यक्तिको पहिचान गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ । जिल्लाका नौ स्थानीय तहले भारतबाट नेपाल आएकालाई नाकामै सवारी साधन पठाएर ल्याएका छन् । उनीहरु सबैलाई सम्बन्ध्तित स्थानी तहले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बस्दै आएकालाई १४ दिन पुगेपछि आरडिटीमार्फत रिपोर्ट नेगेटिभ आएमा घर पठाउने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !