१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा मध्यरातमा भूकम्पको धक्का महसुस


भूकम्प C

वैशाख ३०, काठमाडौं । काठमाडौं उपत्यकामा भर्खरै मध्यरातमा भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर आसपासका जिल्लामा महसुस गरिएको छ । मध्यरातमा भुकम्पको धक्काले महसुस भएपछी केहि मानिसहरु घर बाहिर निक्लिएका छन ।

तर युएसजीएसले भने कोदारी राजमार्ग आसपास ४.९ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !