२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीबाट भयमुक्त पत्रकारितालाई आत्मसात् गर्न आह्वान


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज अपराह्न ट्विट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेस जगत्लाई प्रेरणा दिनेछ भन्ने आशा पनि व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !