१४ बैशाख २०८१, शुक्रबार

शिक्षा माटो सुहाउँदो हुनुपर्छ : एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली


शिक्षा माटो सुहाउँदो हुनुपर्छ : एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली केपी शर्मा ओली

साउन २०,  काठमाडौं ।  अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागको आयोजनामा भएको कार्यक्रममा बोल्दै एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा माटो सुहाउँदो हुनुपर्ने बताएका छन् । ओलीले विद्यार्थीको रुची अनुसारको शिक्षाप्रणाली हुनुपर्ने बताए ।  शिक्षा रोजगारमूलक, जीवनउपयोगी भएमात्र विकासले गति लिने ओलीको दाबी छ ।

कार्यक्रममा ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बिकास समितिका सभापति एवम् सांसद रवीन्द्र अधिकारीले स्थानीय तहले माटो सुहाउँदो शिक्षा नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र शिक्षा ग्यारेन्टी गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रध्यापक मनप्रसाद वाग्ले, विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल र एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले व्यवहारिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे।

 

अनेरास्ववियु शिक्षा विभाग प्रमुख माधव पन्त बौद्धिक बिद्यार्थी नेता मानिन्छन । उनको अगुवाईमा भएको उक्त कार्यक्रममा पन्तले रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए । स्थानीय तहले शिक्षा जीवनसँग जोडिने गरी नीति बनाउन आवश्यक भएको उनको भनाई थियो । नेता पन्तले शिक्षासम्बन्धी बहस देशव्यापी गर्ने प्रतिवद्वता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !