१४ बैशाख २०८१, शुक्रबार

को को थपिए माओवादी केन्द्रबाट ६ मन्त्रीहरु ?


को को थपिए माओवादी केन्द्रबाट ६ मन्त्रीहरु ?

श्रावण १२, २०७४ । नेकपा माओवादी केन्द्रले पाएको ९ मन्त्रालयमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी भएका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् भने जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह शहरी विकास मन्त्री बनिसकेका छन् । नेपालको राजनीतिमा युवालाई राजनीतिमा अगाडी ल्याउनेमा र मन्त्री बनाउनेमा नेकपा माओवादी केन्द्र अग्रपङ्तिमा रहेको कुरामा यस पार्टीलाई मुक्तकण्ठले प्रशशा गर्नैपर्छ । अधिकाश नेकपा माओवादी केन्द्रका सांसदको उमेर ३५-४५ बर्षको रहनुका साथै ४० बर्ष भन्दा कम उमेरका सांसद पनि मन्त्री बनी सकेका छन । नत्रभने नेपाली राजनीतिमा पहिल-पहिला मन्त्री हुन ५० बर्ष नाघेको र हल्का केश फुल्नुपर्ने जस्तो सस्कार रहेको थियो । माओवादीबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय यस प्रकार छ :

माओवादी केन्द्र

१. गिरिराजमणि पोखरेल – स्वास्थ्य मन्त्री
२. टेकबहादुर बस्नेत – सामान्य प्रशासन मन्त्री
३. महेन्द्रबहादुर शाही – ऊर्जा मन्त्री
४. शिवकुमार मण्डल – आपूर्ति मन्त्री
५. सन्तकुमार थारु चौधरी – पशुपन्छी विकास मन्त्री
६. आशा खनाल कोइराला – महिला तथा बालबालिका मन्त्री

भौगोलिक रुपमा धेरै पिछाडिएको सल्यान-१ बाट मरिचमान सिंह श्रेष्ठ पछाडि  कुनै मन्त्री भएका छैनन । सल्यानी जनताको चाहना पनि यहि भएकोले सल्यानबाट प्रतिनिधित्व गर्ने सांसदले सरकारको कुनै मन्त्रालय सम्हाले जनयुद्धमा त्याग गरेका सल्यानीको न्याय हुनेछ । गणतन्त्र आएपछि सल्यानसंग सिमा जोडिएका रोल्पा, रुकुम र जाजरकोटबाट पटक पटक मन्त्रीमण्डलमा प्रतिनिधित्व भएतापनि सल्यानबाट कुनैपनि व्यक्ति मन्त्री बन्न सकेका छैनन् । २ पटक सल्यानवाट प्रत्यक्ष निर्वाचित संसद र युद्धकालमा पनि प्रभावकारी भूमिका निभाएका टेक बहादुर बस्नेतलाई अघिल्लो पटकको प्रचण्डको नेतृत्वको सरकारमा मन्त्री बनाउनुपर्ने भएतापनि पार्टीमा समायोजन गर्दा छुटेकोले यस पटक उनलाई अनिवार्य रुपमा मन्त्री बनाउनुपर्ने पार्टीमा बाध्यता पनि छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट-१ बाट प्रत्यक्ष निर्वाचित सांसद महेन्द्रबहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन । माओवादीका पुर्व डिभिजन कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहनुका साथै युवा र कर्णाली दुवैलाई प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउनुपर्ने पार्टीमा चर्चा छ । मोरङ-४ वाट प्रत्यक्ष निर्वाचित सांसद शिवकुमार मण्डल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं मोरङ जिल्ला ईञ्चार्ज पनि हुन । मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष  र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा बसेर काम गर्नुभयो ।  गिरिराजमणि पोखरेल केपी शर्मा ओलीको नेतृत्वको सरकारमा शिक्षा मन्त्री थिए । कोईराला पार्टीकी जुजारु महिला नेताको रुपमा चिनिन्छिन ।

माओवादीबाट राज्यमन्त्री बन्नेहरु यस प्रकार छन :

राज्यमन्त्रीमा जाकिर हुसेन, रामसिंह यादव र शम्भू श्रेष्ठको नाम टुंगो लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !