९ जेष्ठ २०८१, बुधबार

पुटिनलाई नेपाल भ्रमणको निम्ता दिन परराष्ट्रमन्त्री मस्कोमा


प्रदीप ज्ञवाली

९ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिइएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभ मार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गरेका हुन् । सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई निम्तो हस्तान्तरण गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट समकक्षीहरुलाई पठाइएको नेपाल भ्रमणको निम्ता आफूले समकक्षी मार्फत हस्तान्तरण गरेका छन् ।

दुई देशका परराष्ट्रमन्त्री स्तरको द्धिपक्षीय वार्तामा नेपाल र रुस सम्बन्ध विस्तार तथा आपसी हित वृद्धि गर्ने सन्दर्भमा राम्रो छलफल भएको छ । वार्तामा दुई देशबीच सहयोगका थप क्षेत्रबारे पनि छलफल भएको छ । नेपाल र रुसबीच उच्च स्तरको वार्ता टुटेको लामो समय भइसकेको थियो । द्धिपक्षीय वार्तापछि दुवै परराष्ट्रमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !