१८ बैशाख २०८१, मंगलबार

मन्त्रिमण्डल पुनर्गठन : हो हटे, को-को बने मन्त्री (सूचीसहित)


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार राति मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । ओलीले पुनर्गठनमा केहि नयाँ अनुहार समावेश गरेका छन् भने केही पुरानैलाई निरन्तरता दिएका छन् । प्रधानमन्‍त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति कार्यलयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।

हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्त कुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथ ग्रहण हुने कार्यक्रम राखिएको छ ।

लालबाबु पण्डितलाई हटाई हृदयश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाईएको छ भने चक्रपाणि खनाललाई हटाई धनश्याम भुसाललाई कृषि तथा पशुपक्षी मन्त्री बनाईएको छ । यसैगरी मातृका यादवलाई हटाई लेखराज भट्ट उद्योग तथा बाणिज्य मन्त्री बनाईएको छ भने गोकर्ण विष्टलाई हटाई रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाईएको छ ।

त्यस्तैगरी रघुवीर महासेठलाई हटाई बसन्त कुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाईएको छ भने थपमाया थापालाई पार्वत गुरुङलाई महिला बालबालिका मन्त्री बनाईएको छ । साथै उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्री सहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ ।

यसैगरी रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, मोतिलाल दुगडलाई उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री तथा नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाईएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत् राखिएको छ।

४ मंसिर,काठमाडौं ।

मन्त्रिमण्डल पुनर्गठन

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !