१४ बैशाख २०८१, शुक्रबार

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता


चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर 4

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु