११ जेष्ठ २०८१, शुक्रबार

शालिकरामको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख


काठमाडौं- गत साउन २० गरे चितवनमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा जिल्ला अदालत चितवनमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !